मुख्य समाचार

गोकर्ण विष्टभन्दा सक्षम सावित गर्नुपर्ने रामेश्वर राय यादवको चुनौती

काठमाडौं ५ मंसिर । मधेस आन्दोलनको रापतापका बेला कांग्रेस र कम्युनिष्टहरु मधेसवादी बन्नु सामान्य थियो । तर एउटा मधेसवादी नेता मधेसमा आन्दोलन चर्किरहेका बेला माओवादी बन्नुचाहिँ असामान्य थियो ।

सर्लाहीका रामेश्वर राय यादवले त्यही खतरा मोलेका थिए । मधेस मुद्दामा राजनीति थालेर जीवनका उर्वर समय बिताएका रामेश्वर २०७४ सालको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । मधेसवाद छाडेर कम्युनिष्ट राजनीतिमा प्रवेश गर्ने निर्णय यादवका लागि फलिफाप भयो ।

माओवादी प्रवेश गरेलगत्तै छोरा विक्रमले चक्रघट्टा नगरपालिकाको मेयर जिते । प्रतिनिधिसभा निर्वाचनमा उनी आफैं वाम गठबन्धनबाट सांसद निर्वाचित भए । सांसद जितेको २ वर्षमै मन्त्री पनि बने । नेकपाका पुराना मधेसी नेताहरुलाई पछि पार्दै मन्त्री बनेका यादवले श्रम मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।