पत्रपत्रिकाबाट

मन्त्रिमन्त्रिमण्डल पुनर्गठनमा ओली–दाहालको कुरासहमति जुट्न सकेन

काठमाडाैं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न सकेको छैन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पनि दुई शिर्ष नेताबीच छलफल हुने बताइएको छ ।

तत्कालीन एमाले र तत्कालीक माओवादीको तर्फबाट कसलाई राख्ने र कसलाई हटाउने भन्ने विषयमा मदभेद देखिएको हो । दुई शिर्ष नेताबीच नै मदभेद देखिएपछि अब मन्त्रिमण्डल पुनर्गठन विषय लम्बिने देखिएको छ ।

प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री विना मगर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चत्रपाणि खनाललाई हटाउने प्रस्वाव गरेका थिए । प्रधानमन्त्री ओलीले हटाउन प्रस्ताव गरेका सबै मन्त्री तत्कालीन माओवादीका हुन् ।

तत्कालीन एमालेका तर्फबाट पनि ओलीले केहि मन्त्री हटाउने तयारी गरिएको बुझिएको छ । तर सोमबारको बैठकमा प्रचण्ड सहमत नभएपछि बैठक बिना निष्कर्ष उठेको थियो । दुबै शिर्ष नेताले आ- आफ्ना पक्षका नेताहरुसंग छलफललाई तिब्र पारिएको बुझिएको छ ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पनु, जनार्दन शर्मा लगायतका नेताहरु प्रचण्ड खेमामा रहेर छलफललाई तिव्र पारेको बुझिएको छ भने ओलीले आफ्ना सचिवालयका सदस्यहरुसंग छलफल गरिरहेका छन् ।

आज पनि दुबै अध्यक्ष आफ्नो अडानबाट टसमस नहुने हो भने आज पनि सहमति जुट्न मुस्किल रहेको नेताहरु बताउँछन् ।दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।