मुख्य समाचार

नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आलम थुनामा

२९ कात्तिक, काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् । अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।