कास्की २८ कार्तिक। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ ।
त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ । रातोपाटीबाट