इटहरी । विजयकुमार राउतको अध्यक्षतामा ‘मिडिया नेपाल’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । मंगलबार सुनसरीको इटहरीमा राउतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको घोषणा गरीएको हो ।
जसको उपाध्यक्षमा मोरङका मधुसुदन ज्ञवाली, सचिवमा मोेरङकै दीपक सुवेदी चुनिए भने, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चुनिएका छन् । यस्तै सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल(अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, मोरङकै खेमराज सापकोटा, मोरङकै ज्ञानेन्द्र दाहाल, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, र धनकुटाका जीवन फुयाल चयन भए ।
‘मिडिया नेपाल’ राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन हो । जसको घोषणा सभामा प्रमुख अतिथि राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा रहेका थिए । कार्यक्रममा बोल्दै थापाले अहिले देशमा भएको भ्रस्टाचारको जडो उखल्न पत्रकारको महत्वपूर्ण भुमिका रहने र पत्रकारले जहिले पनि समाज सुधारका पक्षमा कलम उठाउनमा सुझाब दिए । घोषणा सभा मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको समापतित्वमा सम्पन्न भयो भने, बिभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
