काठमाडौैं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानीको विषय अहिले नै अन्तराष्ट्रियकरण गरे समस्या पैदा हुने बताएका छन्।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले सोमबार यस्तो बताएका हुन्।सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्ने उनले प्रष्ट पारे। समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने प्रचण्डको धारणा रहेको थियो ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानीलाई समेत भारतको भन्दै सार्वजनिक गरेपछि अहिले नेपालमा यसको सर्वत्र विरोध भैरहेको छ ।
