सिरहा १५ कार्तिक । सिरहाको गोलबजार इलाका प्रहरी कार्यलयले चालू आर्थिक वर्षको चार महिनामा १९ जना लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिई कार्वाही प्रकृया अगाडी बढाएको छ । जसमध्ये १५ जना खैरो हिरोइन, २ जना नाइट्रोजन र १ जना गाँजा कारोवारी सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
यता छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा नरहा गापा ३ बाट गोलबजार नपा १० का २० वर्षीय सञ्जितकुमार यादव,रोशनकुमार यादव,गोलबजार नपा १० बुद्धचोकबाट स्थानीय २१ वर्षीय सञ्जय मुखिया र १८ वर्षिय सन्जित मुखियालाई नियन्त्रणमा लिएको इलाका प्रमुख इन्सपेक्टर जनक पुरीले बताए । ठूला र साना गरी १३ वटा प्लाष्टिकको पोको बनाएको अवस्थामा प्रहरीले यादवहरुको साथबाट ८९० र मुखियाहरुको साथबाट ३८० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो । प्रहरीले उनीहरुको शरीर खान तलासी गर्दा लागुपदार्थ सहित पाँचहजार एक सय ३० रुपैयाँ, र चार थान मोवाई फेला परेको जनाएको छ ।
पक्राउ परेकाहरु लागुऔषध कारोवारी र सेवनकर्ता समेत रहेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट