सप्तरी, ३ कार्तिक : पोखरीमा नुहाउने क्रममा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका ४ मा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी यासिका रहेकी छिन । शनिबार बिहान सोहि नगरपालिका ८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृत अवस्थामा फेला परेको थियो ।
पोखरीभित्रै बालिका बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी गर्दा साँझ मृत फेला परेको जनाएको छ