रौतहट १० असोज । को चन्द्रपुरबाट १ जना व्यक्ति रिभल्वर र गोलीसहित पक्राउ परेका छन् ।चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाउँ घर भएका ५७ वर्षीय मणिराज श्रेष्ठ रिभल्व १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई रिभल्वर र गोलीसहित पक्राउ गरेको हो ।श्रेष्ठको घरमा खानतलासी गर्दा उनी सुत्ने ओछ्यानको सिरानीमा रिभल्वर र गोली फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।