महेश सिंह -सिरहा, ५ असोज । नेपालमा प्रतिबन्धित लागु औषध तस्करीमा दुई जना बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब रहेको हो ।
दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठाडी प्रहरीको इनचार्ज चन्देश्वर सिंहले बताए ।
सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको सिंहले बताए ।
पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेका हुन् पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।