काठमाडौंको सोरहखुट्टे नयाँ बजार स्थित नेपा बैकटमा आयोजित संविधान संशोधनको अपारिहार्यता र आवश्यक्ता विषयक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए देश अर्को खतरामा फस्ने बताएको छ ।
उनले भने संविधान नबनेको भए देशमा अर्को खतरा आउने थियो । त्यसैले जनताको मुलकुरा बचाएर पुरानै शक्तिलाई सुम्पिने खालको संविधान निर्माण गर्नुपर्ने स्थिति पैदा भयो ।
त्यसैले संविधान जारी गर्नासाथ मैले राजीनामा दिएर जनताको बीचमा आउनुपरेको बताए । अहिले संविधानलाई जसरी पनि संशोधन गर्न सकिन्छ, त्यो मुख्य बाटो संविधानमा छ । तर पुराना राजनीतिक शक्तिको हातमा सरकार छ । बहुमतको बलमा मनपरी गरेको छ । यसले उनिहरुलाई नै एकदिन समाप्त पार्ने बताएका छन् ।
डा. भट्टराईका अनुसार सबैले स्वामित्व लिने खालको संविधान संशोधन गरेन भने मुलुक फाँसीवादतिर जानेछ । जसरी पाँच पहिचान र चार सामर्थ्यका आधारमा संघीय संरचना हुनुपर्थ्यो त्यो भएन ठिक उल्टो सात प्रदेशको संघीय संरचना बनाएर मुलुक भद्दा संघीयतामा फसेको वहाँले जिकिर गरेका छन।
खासगरी यो संविधानले सदियौ देखि उत्पीडित दलित समुदायलाई ठूलो अपमान भएकाले संविधान संशोधन गरी दलितमैत्री संविधान समेत बनाउन जरुरी रहेको बताए । उनले थपे यदि त्यसो गरिएन भने इतिहासले धिकर्ने छन् ।