Breaking News

बलान खोलाको पुलमा पहिचान गर्न नसकिने रहस्मय लाश

लहान, ३ असोज । लहान ३ बलान खोलामा वेवारिसे अवस्थामा एक शव फेला परेको छ । पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थाको रहेको हो । डिएन टेस्टको लागि पठाइएको छ । शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्छ । बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताए ।

घटनाक्रममा शवलाई गाडिएको हुन सकिने सम्भावना छ । बर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको हो । नवसंग्राम दैनिक

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।