सिरहा २४ भदौ । सिरहाको बिष्णुपुर गाउँपालिका वाड नम्बर ४ थलहाकट्टाका रामपृत यादबको छोरा बर्ष ३० को कृष्ण यादबले घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको खबर प्राप्त हुना साथ तत्काल प्रहरी चौकी बेल्हाबाट प्रहरी टोलीले घटनास्थलमा पुग्दा (लोड नभएको) एक रिभल्वर (सिक्सर) फेला परेको र निज भागी गएकोमा खोज तलास गर्दा निज हाल बसोबास गरी रहेको घर बिष्णुपुर गाउँपालिका वाड नम्बर ५ लक्ष्मीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले बताएको छ ।
त्यसैगरी गोलबजार नगरपालिका ६ बाट २१ वर्षीय राहुल भन्ने जीवछ साह र १९ वर्षीय राजन विश्वकर्मालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका छन्। साहले घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरणका लागि लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला पारेको डीएसपी बोहराले बताए।
उनका अनुसार प्लाष्टिकको पोकामा तयार गरिएको ४ सय ५० ग्राम ब्राउन सुगर, मोबाइल र २३ सय रुपैयाँ नगदसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान हुँदैछ।