सप्तरी ,१७ भदौ । सप्तरीमा विभिन्न समयमा जागीर प्रलोभन देखाई मोबाइल तथा गरगहना लुट्ने गिरोह पक्राउ परेको छ ।
विभिन्न एनजीओ र बैंकमा जागिर दिने भन्दै प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका सञ्जिव खड्का उर्फ सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरि युवतीहरुलाइ लुट्दै आएका प्रत्रकार सम्मेलनमा बताएका छन ।
यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैया समेत बरामद गरिएको छ ।