मुख्य समाचार

विदेशिएका युवालाई जतिसक्तो नेपालमै ल्याउन अभियान, प्रदेश प्रमुख तुम्वाहाङ

प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले विदेशिएका युवालाई जतिसक्तो नेपालमै ल्याउन अभियान थाल्नुपर्ने बताएका छन् । इटहरी जेसीजको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै तुम्वाहाङले विदेशिएका युवाहरूलाई जतिसक्तो चाँडो स्वदेश भित्राउन अभियान थाल्नुपर्ने बताएका हुन ।

स्वदेशमानै काम गर्ने धेरै आधारहरू भएकोले र अन्य आधार पनि प्रदेश सरकारले तयार गर्ने बताए । उनले भने, ‘के विदेश गएर देशको भक्त गर्नुहुन्छ तपाईँ विदेशिएका युवाहरू यही देशमानै राष्ट्रको सेवा गर्नुहोस् न राष्ट्र आफै समृद्ध हुन्छ ।’

पछिल्ला घटनाक्रमतर्पm सङ्केत गर्दै प्रमुख तुम्वाहाङले विदेशमा बसेकाले देशमा नराम्रो देखेको भन्दै देशमै बसेर देशभक्त गर्न आग्रह गरे । जेसीज सप्ताह २०१९ श्रावण ३१ गते देखी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।