Breaking News

सिरहामा एक पुरुषको वेवारिसे शव फेला

सिरहा ८ भदौ । सिरहामा एकाविहानै एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौनास्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो ।
सिरहा नगरपालिका १६ खिरौनाका अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए । एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।