मुख्य समाचार

आज विश्व आदिवासी जनजाति दिवस ‘सम्पूर्ण उत्पीडित जाति १ हौँ’ भन्ने नारासहित मनाइँद

एजेन्सी, काठमाडौं। आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गराैं भन्ने नारासहित विविध कार्यक्रम गरी मनाउँदै छन् ।

आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो यो दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस याे मनाइन्छ । आन्दोलनकै रूपमा यो दिवस मनाइने नेपालका आदिवासी जनजातिले भने यस वर्ष आन्दोलनकै रूपमा यो दिवस मनाउने आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिनुभयाे ।

हालै सरकारले जारी गरेको स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन समावेशी नभएको, गुठी विधेयकमार्फत आदिवासी पुर्खाले धर्म, संस्कृति बचाउन युगौँदेखि गरेको अभ्यासलाई बिथोल्न थालेको भन्दै याे दिवस आन्दोलनकै रूपमा मनाउने लागेकाे अध्यक्ष जगत बरामले जानकारी दिनुभयाे ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन ९सन् १९८२ को अगस्ट ९० को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।