मुख्य समाचार

संसदमा राजपा र कांग्रेसको नाराबाजी,बैठक अबरुद्ध

काठमाडौं १५ साउन । विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए ।

सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।

लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।

सांसदहरूको लगातारको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बैठक  बिहीबारसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।