• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ब्राजिलको कारागारमा हिंसात्मक झडप, एकै दिन ५७ जनाको मृत्यु

नेपाल पोस्ट दैनिक
    July 30, 2019  मा प्रकाशित

Spread the love
      

४ साउन । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ ।     यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् । पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान करिब ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् ।  हिंसा भड्किएको अल्टामिराको जेलमा १ सय ६३ जना कैदी मात्र रहने क्षमताको रहेको, तर सो जेलमा ३ सय ४३ भन्दा बढी कैदीहरु रहेका थिए । ब्राजिल सरकारले ४६ जना कैदीलाई तत्काल जेलबाट सार्न आदेश दिएको छ ।

ब्राजिलका जेलहरुमा करिब सात लाख बन्दीहरु रहेका छन् । विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो । त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ ।

गत मे महिनामा एकै दिन चार फरक फरक कारागारमा ४० जना कैदी मारिएका थिए । १५ जना कैदी मारिएको भोलिपल्ट पछिल्लो घटना भएको हो ।

सन् २०१७ को जनवरीमा देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसामा परी १३० जनाभन्दा बढी कैदी मारिएका थिए ।  हिंसा र लागूपदार्थसम्बन्धी कारोबारविरुद्धको कारबाहीका कारण केही दशकयता ब्राजिलका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ ।दैनिक नेपाल

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑