Breaking News

सिरहाको मालपोत कार्यालयमा अख्तियारको छापा, दुई रंगे हात पक्राउ

सिरहा , १३ साउन । सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका – ३ घर भएका ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवास महोत्तरीद्वारा खटिएको अख्तियारका टोलीले सिरहाको मालपोत कार्यालयमा दिउसो १.०० बजेको समयमा छापा मार्दा नायब सुब्बा र लेखन दासलाई रंगे हात पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु दुवै उपर थप अनुसन्धान भईरहेको छ त्यस्तै पक्राउ पर्ने डरले कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालय छोडेर भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।