Breaking News

१३ लाख ५० हजा नगद चोरेर फरार भएका एकजना पक्राउ

विराटनगर १३ साउन । जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।

यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।