Breaking News

सिरहामा खाल्डोमा डुवेर नबालिकाको ज्यान गयो ।

महेश सिंह महतो , श्रावण ११ सिरहा – सिरहाको गोलबाजर नपा ६ मा एक जना नबालिकाको डुबेर ज्यान गएको छ ।

सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चौकमा डेरालिए बस्दै आएको श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको स्थानीय बताए ।

गोलबजार नपा ६ मा रहेको मामाको घर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिनुभयो ।

नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको र जांच प्रताल पछि प्ररिवार्जनको जिम्मा लगाएको प्रहरीले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।