मुख्य समाचार

सिरहामा झण्डै २ हजार घर डुबानमा, २२ सय जनाको सुरक्षाकर्मीद्धरा उद्धार

सिरहा,  २९ असार । अविरल वर्षाले सिरहाको झण्डै २ हजार घर डुबानमा परेको छ ।

कमला नदीको बाढीले सिरहाको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिका दर्जनौँ बस्तीहरु डुबानमा परेको हो ।

वर्षा र बाढीले सिरहाका १ हजार ८ सय ३४ घर डुबानमा परेको सिरहाका प्रहरी नायव उपरीक्षक अलिराज बोहराले जानकारी दिए ।

उनका अनुसार शनिवार साँझसम्म २ हजार १ सय ९२ जनाको बाढी एवं डुबान क्षेत्रबाट उद्धार गरिएको छ ।

बाढी एवं डुबानमा फँसेकाहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।