सिरहा, २९ असार । अविरल वर्षाले सिरहाको झण्डै २ हजार घर डुबानमा परेको छ ।
कमला नदीको बाढीले सिरहाको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिका दर्जनौँ बस्तीहरु डुबानमा परेको हो ।
वर्षा र बाढीले सिरहाका १ हजार ८ सय ३४ घर डुबानमा परेको सिरहाका प्रहरी नायव उपरीक्षक अलिराज बोहराले जानकारी दिए ।
उनका अनुसार शनिवार साँझसम्म २ हजार १ सय ९२ जनाको बाढी एवं डुबान क्षेत्रबाट उद्धार गरिएको छ ।
बाढी एवं डुबानमा फँसेकाहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले बताए ।