बर्दिवास सम्वादाता, २६ असार । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ चयनपुरमा बुधबार बिहान कार र माइक्रोबास एकापसमा ठोकिएर दुर्घटना भएको छ।
काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा५ख २२९८ नम्बरको माइक्रोबस र बा१४च ८५१८ नम्बरको कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमार्डौंबाट सिन्धुलीको खुर्कोटतर्फ आउँदै गरेको माइक्रोबससँग ठक्कर खाई दुर्घटना भएको छ ।
दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
