मुख्य समाचार

सरकारका काम अलोकप्रिय बन्दै : नेता माधव नेपाल

काठमाडौं १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकपि्रय बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको उनले बताए ।

र्वसांसद मञ्च नेपालको १९ औं साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले न्युनतम पूर्वाधारविना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी गरे ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।