• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 13, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भात खुवाइमा भोज खाँदा ४१ जना बिरामी

नेपाल पोस्ट दैनिक
    June 30, 2019  मा प्रकाशित

Spread the love
      

तनहुँ, सम्वादाता १५ असार  । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् ।

भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ ।

बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरिद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए ।

हिजो (शनिबार) मात्र धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी परेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑