काठमाडौं १२ असार। एसईई परीक्षा २०७५ सालको नतिजा नियन्त्रण कार्यालयले बिहीबार अर्थात शिक्षा परीक्षा एसईई परीक्षा २०७५ को नतिजा नियन्त्रण कार्यालयले बिहीबार अर्थात आज प्रकाशन गर्ने भएको छ ।
एसईई परीक्षा बोर्ड कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो एक बजे राष्ट्रियबोर्डकोबैठकमा बोलाएको हुन। शिक्षा परीसद कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन गर्ने तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे नतिजा प्रकाशन हुने छ।
विगतमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै एसईईको नतिजा प्रकाशन हुने गरेको थियो। तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको कार्यालयको भनाइ छ।
गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन्।