मुख्य समाचार

लोकसेवा विज्ञापन विवादित सर्वोच्चमा परी सुनुवाई लम्बियो

काठमाडौं – स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएको छ ।

सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ ।

तर एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको भएपनि समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश दिइएकाे हाे ।

सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण बुधबारकाे सुनुवाइ स्थगित भएको बताइएको छ ।

स्थानीय तहका विभिन्न ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।