• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा प्रचण्ड गर्मिका कारण दुई वालिका मुर्छित, जनजिवन कष्टकर बन्दै

नेपाल पोस्ट दैनिक
    June 25, 2019  मा प्रकाशित

Spread the love
      

लहान , १० असार । प्रचड गर्मिको कारण केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गैरहेको छन ।

अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक विद्यालय राजपुरमा दुइ वालिका मुर्छित भएकी छिन । सोहि बिदालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जानकारी गराएका छन । कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण मुर्छित भएकी हुन ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । सोमबार मात्रै तापत्र्रmम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो ।

शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ ।

गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ ।

यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

गर्मीका कारण तराईका सिरहा ,सप्तरी ,धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन निकै प्रभावित बन्दै गैरहेको छ। गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन। अस्पतालमा बिरामीको चाप बढेको छन ।

सिरहा, लहान,गोलबजार,मिर्चैया,बरीयारपट्टी अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामी मध्ये झाडापखाला,जवरो,लु र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑