Breaking News · अटो · अन्तर्वार्ता · अर्थनीति · कभर स्टोरी · खेलकुद · गृह सजावट · छुटपुट · देश · देश बाहिर · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · पर्यटन · प्रदेश १ · प्रदेश २ · प्रदेश ३ · प्रदेश ४ · प्रदेश ५ · प्रदेश ६ · प्रदेश ७ · प्रवास · फिचर · फिटनेस · फेसन · बिजनेस · बैँक / वित्त · मनोरञ्जन · मुख्य समाचार · यौन स्वास्थ्य · रोजगार · विचार · विचित्र संसार · समाचार · सामाजिक संजाल · साहित्य · सिफारिस · सूचना-प्रविधि · सौन्दर्य · स्वास्थ्य-जीवनशैली

तातोपानी नाकाको निरिक्षणको लागि गृहमन्त्री थापा सिन्धुपाल्चोकमा

काठमाडौं, जेठ ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) तातोपानी नाकाको निरिक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । अर्को साताबाट नाका सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन पुग्नुभएकाे गृहमन्त्रालय स्रोतले जनाएको छ ।

मृहमन्त्री बादलसँगै नेकपाका सांसद अग्निप्रसाद सापकोटा र सुरक्षा निकायका उच्च पदाधिकारीहरु पनि नाका निरिक्षका लागि पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादवी चेम्जोङले बताउनुभयो ।

गृहमन्त्री निरिक्षण कार्यक्रममा आउने भएपछि जिल्लाको सुरुक्षा तथा नाको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा संयन्त्रलाई परिचालन गरिएको पनि प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयाे ।

गृहमन्त्री थापाले तातोपानी नाकामै सुरक्षा अधिकारीहरुलाई भेला गराएर आगमामी सुरक्षाका चुनौती र वर्तमान सुरक्षाका समस्याहरुको बारेमा जानकारी लिने र सोही अनुसार निर्देशन दिनुहुनेछ । चीनसँग जोडिएको यो नाका २०७२ बैशाखमा आएको बिनासकारी भुकम्पका कारण बिगत चारबर्ष अघिबाट बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।