• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु, १५ जना घाइते

नेपाल पोस्ट दैनिक
    July 29, 2019  मा प्रकाशित

Spread the love
      

-एजेन्सी, १३ साउन ।  अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ । मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन् ।

फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक समातेको देखेको बताए । अर्का प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले फेस्टिभल भइरहेको स्थानबाहिर लगाएको बार काटेर भित्र आएका थिए।

मेटल डिटेक्टर र सुरक्षाकर्मीलाई छल्ने उनले त्यसो गरेका थिए । प्रहरीले बन्दुक आक्रमणमा दुई/तीन जनाको संलग्नता हुने सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । तीन दिनका लागि सुरू गरिएको फेस्टिभल बन्दुक आक्रमणपछि बन्द भएको छ।

अमेरिकामा आमनागरिकलाई पनि बन्दुक राख्न छुट छ । सबैले बन्दुक राख्न सक्ने भएकाले बेलाबेलामा हुने यस्ता आक्रमणमा परी निर्दोष मानिसहरूको ज्यान जाने गरेको छ । बन्दुक राख्न प्रतिबन्ध लगाउनु पर्ने माग उठे पनि अमेरिकाले बन्दुकमाथि प्रतिबन्ध लगाउने कानुन बनाउन सकेको छैन ।

यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ । बन्दुकको आवाज सुनेपछि त्यहाँ भागदौड मच्चिएको देखिन्छ ।

घटनापछि क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले घटनाको छानविन गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गर्दै सुरक्षा व्यवस्था कडा पार्न भनेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑