• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालमा पुस्तक छपाइ सम्भव नै छैन : अर्थमन्त्री खतिवडा

नेपाल पोस्ट दैनिक
    February 28, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १६ फाल्गुन । चालू आर्थिक वर्षको बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गयो । त्यसयता किताब क्रेता र विक्रेता निरन्तर विरोधमा उत्रेका छन् भने सरकार यसको बचाउमा उत्रेको छ ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार यसको विरोधमा केही दिनदेखि चर्किएको आन्दोलनलाई इंगित गर्दै बहस गर्न तयार रहेको तर फिर्ता नहुने स्पष्ट पारे । पुस्तकमाथिको कर ज्ञानमा कर लगाइएको भन्दै दिग्भ्रमित नगर्न आग्रह गर्दै उनले व्यापारबाट हुने नाफामा लगाइएको कर भन्दै सरकारी नीतिको बचाउ गरेका छन् ।

सरकारका प्रवक्ता अर्थमन्त्रीको जवाफसँगै पुस्तक आयातमा लगाइएको करको विवादले धेरै कुरा स्पष्ट पारेको छ । खतिवडाले नै संसद्मा आफूले यसबारे जवाफ दिइसकेको र संसद्ले नै बनाएको ऐनअनुसार यो कर लागू भएकाले भन्दै अहिलेको आन्दोलनबाट सरकार नझुक्ने स्पष्ट संकेत गरेका छन् ।

अर्थमन्त्रीले स्वदेशी मुद्रण उद्योगलाई संरक्षणका लागि पुस्तक आयातमा कर लगाएको भन्नुचाहिँ तर्कसंगत होइन, किनकि नेपाली प्रकाशकले भारतलगायत अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यसअघि पनि १५ प्रतिशत भन्सार थियो । स्वदेशी मुद्रण व्यवसायीको दबाबमा ल्याइएको यस्तो प्रावधानले उद्योगको संरक्षण गरेन ।

विदेशबाट आयात हुने पुस्तकनेपालमा छपाइ सम्भव नै छैनले नेपाली मुद्रण उद्योगको व्यवसायलाई गर्ने असर निकै कममात्र हुन्छ । जुन पुस्तक पाठक वा प्रकाशकले चाहेको गुणस्तरअनुसारको छपाइ नेपालमा हुँदैन, त्यस्ता पुस्तकमात्र विदेशमा लगेर छापिने हो । अन्तर्राष्ट्रिय स्तरको मुद्रण र प्याकेजिङका किताबका लागि प्रकाशकले केही किताब भारतमा छापेर ल्याउने गरे पनि नेपाली उद्योगले त्यस्तो प्रविधि नेपालमा भियाए बजारको समस्या देखिँदैन । तर, सरकारको पछिल्लो आर्थिक ऐनले विदेशी प्रकाशनका पुस्तकमा पनि कर लगाइएको छ र यसले एकातर्फ पाठ्यपुस्तक नै पनि निकै महँगो हुने गरेको छ ।

अधिकांश यस्ता पुस्तक प्रतिलिपि अधिकारका कारण नेपालमा छपाइ सम्भव नै छैन । यसरी कलिला विद्यार्थीमा समेत सरकारको करका कारण ज्ञान प्राप्तिको मूल्य बढेको मनोविज्ञान बढ्ने जोखिम यो करका कारण सिर्जना भएको छ र यसले भोलिका दिनमा राज्यप्रति सानैदेखि नकारात्मक धारणा विकास हुनसक्छ ।

पुस्तक आयातमाथि कर लगाउनुअघि सरकारले आफ्नै पूर्ववर्ती सरकारहरूका केही नजिर अध्ययन गरेको भए उचित हुने थियो । तत्कालीन अर्थमन्त्रीहरू डा. रामशरण महात र स्व. मधुकरशमशेर राणाले पनि यस्तो कर लागू गर्दा तीव्र विरोधपछि फिर्ता भएको हो । अर्थमन्त्रीले पुस्तकमा संसारमा १८ प्रतिशतसम्म मूल्य अभिवृद्धि कर रहेको दाबी गरिरहे पनि नेपालका दुई छिमेकी चीन र भारत मात्र नभई संसारकै विकसित मुलुक अमेरिका र बेलायतमा पनि पुस्तक आयातमा भन्सार लिइँदैन । नेपालजस्तो शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्ने मुलुकमा विकसित मुलुकले समेत अंगिकार नगरेको कर नीति लागू गर्नुलाई उचित मान्न सकिँदैन ।

नेपालले संयुक्त राष्ट्रसंघको सिद्धान्तलाई अक्षरशः पालना गर्छ भने राष्ट्रसंघकै शिक्षा, विज्ञान तथा संस्कृति नियोग (युनेस्को) को मान्यताविपरीत कर लगाउनु आफैंमा अनुचित पनि हो । युनेस्कोको मान्यताअनुसार किताब ल्याउन–लैजान कुनै बन्देज गर्न पाइँदैन । किताबको आयात तथा निर्यातमा कुनै प्रकारको भन्सार लगाउन विश्वव्यापी मान्यताविपरीत गएर किताबको मूल्य महँगो बनाई नेपालमा फोटोकपी संस्कृतिको विकासका लागि राज्य उद्यत देखिनु दुर्भाग्यपूर्ण छ । कारोबारबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑