साहित्य

महीला पुरुष भन्दा अधिक महत्वपुर्ण हुन्छ

नरेन्द्र महतो गौशाला ०३ फालगुन । महीला पुरुष भन्दा अधिक महत्वपुर्ण हुन्छ पृथ्वीमा मानव जातिको अस्तित्व पुरुष तथा महीला दुवैको समान भागीदारी भएर संभव भएको हो।

दुवै पृथ्वीमा मानव जातिको अस्तित्व को साथ साथ कोहि देश विकासको लागि समान रूपमा जिम्मेवार रहेको छ । महिला पुरुषों भन्दा अधिक महत्वपूर्णको हुन्छ किन कि महिलाको बिना मानव जाति को निरंतरताको बारेमा कल्पना गर्न सकिदैन किन कि महिला मानव को जन्म दिन्छिन ।

केटिहरु प्राचीनकाल देखि नै नेपाल भारतमा धेरै किसिमको अपराधको कारण पीड़ित बन्दैआईरहेका छन सब भन्दा ठुलो अपराध केटि भएमा गर्भाअवस्थामा हत्या गरेको हुन्छ । अल्ट्रासाउंडको माध्यम द्वारा लिंग परीक्षण गरेर पछि केटिलाई आमाका गर्भमा नै हत्या गरिदिन्छ जो कानुनको विरुध हो । बेटी पढाउ बेटि बचाउ अभियान ले सरकार द्वारा कन्या भ्रूण हत्याको साथ साथै बालिकाहरु विरुद्ध अन्य अपराधजन्य कार्य समाप्त हुने प्रदेश २को सरकारले विश्वास गरेको छ।

हाम्रो समाजमा केटिहरुको स्थिति धेरै समय विवादको विषय बनेको हुन्छ किन भने प्राचीन समय देखि नै केटिहरु खाना बनाउने तथा वालवालिको सँग खेलमा सामिल भएको मान्ययता रहदै आईरहेको थियो जब कि केटाहरुलाई शिक्षा तथा अन्य शारीरिक गतिविधिमा सामिल गरेर अगाडि बढाई रहेको हुन्छ ।

यस्तै पुरानो मान्यताको कारण महीलाहरुको विरुध हिंसा गर्न आतुर भएको हुन्छ
। यसैको परिणाम स्वरुप समाजमा बालिकाहरुको संख्या लगातार कम भईरहेको छ। तर अहिले समाजमा परिवर्तन आएकोले हरेक क्षेत्रहरुमा महीलाहरुको पहुच बढदै गईरहेको छ ।

छोरा र छोरीमा भेद भाव गरेर समाज अगाडि नबढने भएकोले शिक्षाको स्तर घर घरमा पुरयाउनको लागि बेटि पढाउ बेटि बचाउ कार्यक्रम ल्याएर समाजले छोरी प्रतिको सोच परिवर्तन हुने विश्वास गरिएको छ ।

आज समयमा छोरा भन्दा छोरी कुनै कार्य गर्नमा पछाडि नपरेको छ शिक्षाले गर्दा छोरी विज्ञानिक, पायलट, राष्ट्रपति, प्रधान मंत्रि, मंत्रि तथा हरेक निकायमा उहाँहरुको पहुच वढदै गईरहेको छ ।

तसर्थ बेटिलाई कसैले शिक्षा बाट बन्चित नगरियोस किन भने बेटि समाजको गहना हो । भोलि को दिन कसैले नदेख्ने भएकोले बेटि पढाउ बेटि बचाउको नारा दिएको छ । तसर्थ
सोच बद्लौ परिवर्तन गरौं ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।