मुख्य समाचार

प्रदेश २ का मुख्यमंत्री द्वारा छात्रालाई साईकल वितरण       

नरेन्द्र महतो गौशाला २० माघ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित रहेको श्री सरस्वती जनता मा. वि. सोनमा विधालयमा आईतवार एक समारोह विच वेटी पढाउ बेटी बचाउू कार्यक्रम अन्तर्गत कक्षा ८ का ८९ जना अध्यन्यरत छात्राहरुलाई प्रदेश  न. २ को मुख्यमंत्री लालवावु राउतको प्रमुख अतिथिमा साईकल वितरण कार्यक्रम सम्पन्न भयो ।

वेटी शिक्षा कार्यक्रमलाई प्रदेश २ को सरकारले पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेका छन उनले भने ।

उक्त कार्यक्रममा छोरी वीमालाई तीन लाख वाट वढाएर अगामी वजेटमा तीनलाख थप गरि ६ लाख पुरयाउने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले घोषणा गरे ।

कार्यक्रममा पुर्व स्वाथ्य तथा वतावरण राज्य मंत्री सुरेन्द्र कुमार यादव, प्रदेश सभा सदस्य कौशल कुमार यादव लगायत वडा अध्क्षय, सदस्य, शिक्षक, शिक्षिका र विधार्थी हरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।