काटमाडौँ १६ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गाँजा खेतीलाई खुला गर्न नसक्ने बताएका छन्।
बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ‘गाँजा खेतीलाई अहिलेसम्म हाम्रो कानूनले मान्यता दिएको छैन। हामीले यसलाई नष्ट गर्दै आएका छौं।’
उनले गाँजा खेती मान्छे लठ्याउनलाई गर्ने हो वा औषधीय प्रयोगको लागि हो पहिले त्यो कुरामा स्पष्ट हुनुपर्ने बताए। उनले गाँजा खेतीले उर्जा उत्पादनभन्दा बढी लाभ दिनेजसरी बाहिर कुरा आएको बताए।
मन्त्री बाँस्कोटाले भने, ‘गाँजा खेती गरेरै धनी हुने वा नहुने विषय मलाई जानकारी भएन। अहिलेसम्म गाँजालाई हामीले लागुऔषधकै रुपमा लिएका छौं।’
उनले पैसा आउँछ भन्नेवित्तकै जे पनि गर्न नसकिने बताए। उनले भने, ‘यसको विषयमा अन्यत्रै बहस गरौं। सरकारले यस विषयमा अहिले केही सोचेको छैन।’ सेतोपाटिबाट
