काठमाडौं १५ असार, । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ ।
यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ ।
जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । यो भेटलगत्तै अमेरिका र चीन व्यापार वार्ता फेरि थाल्न सहमत भएका हुन् ।
यो सहमतिसँगै विश्वले आर्थिक मन्दीबाट केही राहत पाउने आश गरिएको छ ।