मुख्य समाचार

सभामुख बनाउने निर्णय गर्न नसक्दा बैठक अनिश्चित

काठमाडाैं, २६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।

आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नेकपामा अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो लाग्न नसक्दा संसद बैठक बस्ने वा नबस्ने अनिश्चित बनेको छ ।

यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आइतबारका लागि सारिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेकाे छैन ।

सभामुखका लागि उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग र नेकपाका नेता अग्नि सापकोटाको नाम चर्चामा रहेकाे छ ।दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।