जल्दैन जलेको आगो जलेपछि बल्दैन बलेको आन्दोलन
बलेपछि
चल्दैन नचलेको पानी चलेपछि ।
तर, यहाँ नचलेको चिज नबलेको चिज
अनि नजलेको चिजलाई जबरजस्त जलाइन्छ
जबरजस्त बालिन्छ जबरजस्त चलाइन्छ
अनि भएभरको अपजस अरुलाई भिराइन्छन्
अनि सबै जस अाफ्नाे थाँग्लामा सुताइन्छ ।
सताधारी वर्गलाई न जोड्नुछ न जोड्नुपर्छ न मोल्नुछ केहि पर्नुछ
केवल उसलाई तोड्नु अनि सताको स्वर्ग टिकाउनु ।
त्यसैले, बुझ्नुपर्छ अब लोकतन्त्रको आगो अनि तोड्नुपर्छ बिकृतिको साँगो
अनि ल्याउनुपर्छ त्यसका विरुद्ध स्वतन्त्र लोकतन्त्रको नासो ।
( २०७६/९/१/ काठमाडौं )
