सिरहा ।शनिवार भएको उप निर्वाचनमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को रिक्त अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिलीप कुमार यादव विजयी भएका छन् ।
यादव ८ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिद्वन्दीलाई १ सय ७१ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यादवका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार प्रदिप कुमार महतो र नेपाली काँग्रेस पार्टीका उम्मेदवार राज कुमार मुखियाले समान ६ सय १५ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका मो. अताउल रहमानले १ सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ४१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका ५ जना मध्ये ४ जनले खाता समेत खोल्न सकेनन् । ३ हजार ४ सय ५० मतदाता रहेको उक्त वडामा २ हजार ४ सय ८० मत खसेका थियो ।
