• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा

नेपाल पोस्ट दैनिक
    April 20, 2025  मा प्रकाशित

Spread the love
      

वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहरूका लागि महँगा गाडी किन्न सक्छ, विदेश घुम्न करोडौं खर्च गर्न सक्छ, तर विद्यालय सञ्चालनका लागि आवश्यक खर्च जुटाउन भने असमर्थ देखिन्छ । यति गम्भीर अवस्थामा पनि सरकार मौन छ, जनताको आवाज नसुन्याएको जस्तो देखिन्छ ।

आज पनि हजारौं बालबालिका कलम होइन, कोदालो समातिरहेका छन् । उनीहरू किताब होइन, ईँटा बोकिरहेका छन्। बिहान स्यालुको आवाजसँगै उठ्छन्, तर विद्यालय जान होइन  खेतमा गोडमेल गर्न । कोही होटलमा भाडाकूड़ा माझिरहेका छन्, कोही सडकमा जीवन जोखिममा राखेर मजदूरी गरिरहेका छन्। संविधानले ग्यारेन्टी गरेको “निःशुल्क र अनिवार्य शिक्षा” कहाँ हरायो?

शिक्षा ठप्प हुँदा निजी विद्यालय पढ्ने सम्पन्न वर्गका छोराछोरीमा खासै असर पर्दैन। उनीहरू अनलाइन पढ्छन्, ट्युसन लिन्छन्। तर सरकारी विद्यालयमा पढ्ने बालबालिका  जसका बाबु आमा दिनभर मजदुरी गर्छन्  ती बालबालिका विद्यालय बन्द हुँदा भविष्य गुमाइरहेका छन्। यही वर्ग हो जसले सरकार बनाउँछ, कर तिर्छ, मत दिन जान्छ। तर जब प्रश्न आउँछ उनीहरूको अधिकारको  राज्य चुप लाग्छ।

देशभरका थुप्रै सरकारी विद्यालय शिक्षकविहीन छन्। कतै भवन छ, शिक्षक छैन। कतै शिक्षक छन्, विद्यार्थी छैनन्। कतै न त भवन छ, न शिक्षक, न विद्यार्थी। शिक्षाको यस्तो दयनीय अवस्था देख्दा लाग्छ  राज्यले गरिबलाई शिक्षाबाट टाढा राख्ने षड्यन्त्र गरिरहेको छ।

यो आवाज अब सडकमा ननिस्किएसम्म शायद सिंहदरबारले सुन्दैन। जनताको सहनशीलताको परिक्षा अब सकिएको छ। शिक्षा बन्द हुँदा पहिलो चोट गरिबलाई लाग्छ। तर यसले छायाँजस्तो असर पुर्‍याउँछ सम्पूर्ण देशको भविष्यमा। यदि तत्काल विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन र गुणस्तरीय शिक्षामा सरकार गम्भीर भएन भने देशव्यापी जनआन्दोलनको आँधी उठ्नेछ।

सरकार, चेत जाओ। यो देश शिक्षाबिना समृद्धि तिर जान सक्दैन। गाडी, बंगला र विदेश भ्रमण तिमीहरूका लागि हुन्, तर शिक्षा त जनताको आधारभूत अधिकार हो। त्यसको ग्यारेन्टी गर्नु तिमीहरूको कर्तव्य हो। गरिबका छोराछोरीका सपना कुल्चिएको हेरेर जनताले अब सहन गर्नेछैनन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑