खेलकुद

भलिबलमा माल्दिभ्स पराजित, नेपालले जिते उपाधि

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो ।

ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो । अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।