• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शान्ति स्थापनाको माग गर्दै दर्जनौं संस्थाद्वारा शान्ति दिवसमा सहभागी

नेपाल पोस्ट दैनिक
    September 22, 2023  मा प्रकाशित

Spread the love
      

– सिरहाको लहानमा ४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवस भब्य रूपमा मनाएका छन्। हरेक नागरिकमा शान्तिको प्रत्याभूति गराउन समाजिक बिकृती बिसंगति उन्मुलन गराउने उदेश्यले लहानमा न्यायका लागी नागरिक संजालले आयोजना गरेको कार्यक्रममा ओरेक नेपाल,जेसिस,इन्सेक,महिला मानव अधिकार संजाल, TPO,समग्र जनउत्थान केन्द्र लहान,अपाङ्ग पुनर्स्थापना केन्द्र लहान ईलाका प्रहरी कार्यालय लहान लगायत दर्जनौं संघ संस्थाहरुको समन्वय र सहकार्यमा दुर्गा मन्दिरबाट निकालिएको रयाली लहान बजार परिक्रमा गरी सहिद चौकमा कोण सभामा परिणत गरेका थिए।

कोण सभाको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरेका लहान नगरपालिकाका नगर उप-प्रमुख राम चलितर महतोले सभा समापन गर्दै देशमा शर्यन्त्रकारी गर्नेहरु शान्ति भङ्ग गर्न लागेको भन्दै देशलाई दोन्दको दलदलमा फसाउने हरुको बिगबिगी निकै बढी रहेको चर्चा गरेको थियोे।

कार्यक्रममा समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरी महतोले बिश्व शान्ति दिवस विषयमा बिस्तृत चर्चा गरेका थिए। सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो। नपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ।कुनै पनि देशको विकासको मूल आधार शान्ति हो।

विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो।दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ ।

शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ।तर विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्यो भन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी,आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ।यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिदैँ गएको छ।

संसारमा नै अहिले एकातिर शान्तिको चाहना छ अर्कातिर हिंसाको स्थिति छ।हिंसा र शान्ति दुवै शक्ति हुन्।हिंसाको शक्तिलाई कम गर्न र शान्तिको शक्तिलाई प्रबद्र्धन गर्न विश्व नै लागिपरेको अवस्था छ।तर सार्थक हुन सकिरहेको छैन ।
शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेको हो । समाजमा शान्ति स्थापना हुन सकेमा मात्र अन्तर्राष्ट्रिय शान्ति दिवसको सार्थकता हुने बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑