मुख्य समाचार

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन

काठमाडौं, ६ चैत ।  तनहुँ निर्वाचन  क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्वाचन आयोगले  निर्णय गरेको छ ।

यसअघि नै आयोगले चितवन निर्वाचन क्षेत्र नं. २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।