• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गोलबजार नगरपालिकाका अधिकृत पौड्यालको कालो कर्तुुत कर्मचारी, जनप्रतिनिधिको मिलेमत्तो

नेपाल पोस्ट दैनिक
    July 10, 2022  मा प्रकाशित

Spread the love
      

विसुनदेव सरदार लहान/ २६ असार। सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालसहित नगरपालिकामा कार्यरत कर्मचारीहरु , जनप्रतिनिधिले बिना कमिसन काम गर्दैन्न यसले गर्दा सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था देखिन्छ ।

प्रशासकीय अधिकृत , लेखा अधिकृत , सुचना अधिकारी दिनेश सहनी बिना कमिसन कुनै अफिसियल फाइल राख्दैन । यता अधिकृत आन्नद कुमार पौड्याल बिना कमिसन फाइलमा तोक लगाउदैन् । यसले गर्दा स्थानीयलाई सेवा प्रवाहमा प्रत्यक्ष , सास्तीको सिकार हुनुपर्ने बाध्यता गर्ने गरेका छन।

गोलबजार नगरपालिकामा कमिसन नमिलेर हिजो दिनभर हराएका प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्याल, लेखा अधिकृत र योजना अधिकृत रात परेपछि सशस्त्र प्रहरीको सुरक्षामा रातको समयमा कार्यालय खोलेर मनमानी तरिकाले चेक बनाएका छन। योजना सम्पन्न भएको छैन तर, रकम निकासा जनप्रतिनिधिले दबाब दिइरहेका छन। दिनैभर लापत्ता भएका तीनै जनालाई कर्मचारीलाई विभिन्न दबाब र प्रभावमा पारेर घर( डेराबाट ) उठाएर रातको समयमा सुरक्षामा नगरपालिकाको रकम सरकारी कर्मचारी र जनप्रतिनिधि कार्यालयको रकम दुरुपयोग गरेको पाइएको छ।

योसँगै गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालको कर्तुतले सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ। हप्तौं हप्तासम्म विभिन्न कामको बाहानामा बाहिर हुदाँ सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था देखिन्छ । हिजो असार २५ गते आर्थिक वर्षको अन्तिम दिन थियोे । तर कमिसन नदिदा उपभोक्त लगायत कतिपय फायल त्यसतै राखिदिइको सेवाग्राहीहरुले बताएका छन।

प्रायजसो कुनैदिन अधिकृत पौड्याल उपस्थित भएपनि सेवाग्राहीको काम गर्न आनाकानी गरेको एक सेवाग्राहीको समुहले बताएका छन। कैलाश भुषण अतिथि साहले होम पाइप जडान गरिदिन हुन निवेदन पेश गरिएता पनि कमिसनको आडमा लोभिएको कर्मचारीको कर्तुतले कतिपय योजनाहरुको फाइलभित्र बन्द पारिएको अवस्था छ। यो सँगै अधिकृत पौड्याल जहाँ गएपनि आर्थिक लफडा लगाउने गरेको पाइएको छ। यतिमात्र होइन, अधिकृत पौड्यालले काम गरेकालाई पनि भुक्तानी दिन आनाकानी गरेको श्रोतले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत पौड्यालको यस्तो प्रवृत्तिले देखेर गोलबजार नगरबासीलाई सास्ती मात्र नभई पावर र पदको चपेटामा राखेको देखिन्छ । गोलबजार नगरपालिकामा पौड्याललाई आएको ८ महिना लाग्दै गर्दा अहिलेसम्म विकासको कुरै नगरौं , साधारणतया प्रदेश न.२ को वोर्ड हटाएर मधेश प्रदेश लेखाउन सकेका छैन । साधारण कुरामा मधेशीलाई हेप्ने प्रवृत्तिको बानी अंगालेको देखिन्छ। यी र यस्ता प्रवृत्तिका प्रशासकीय अधिकृत पौड्याललाई हदैसम्म कार्वाही हुनुपर्ने एक स्थानीयको समुहले नाम नखोल्ने गरि बताएका छन।

लोकतन्त्रको अनुभुति दिलाउनु जनप्रतिनिधि तथा कर्मचारीको दायित्व हुन्छ । तर त्यही कर्मचारी अटेरी ,भ्रष्टाचार , घुसपैठ जस्ता अनेकन प्रवृत्ति बोकेका हुन्छ । यसले जनताको मन जित्न कहिल्यै सकिदैन, भन्ने प्रष्ट देखिन्छ । कर्मचारी कार्यालयमा काम गर्ने मनसायले आएका हुन्छ । तर त्यही कर्मचारीले सेवाग्राहीलाई दु:ख , यातना दिने मनस्थिति बनाइएको पाइएको छ। यसको विकल्प के? कसले गर्ला कार्वाही ? प्रश्न चिन्ह उठछ।

गोलबजार नगरपालिकामा खासगरी कर्मचारीको ढिलाई सुस्तीले गर्दा पछि परेको अवस्था देखिन्छ । यो सँगै गोलबजार नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले इन्धनमा झ्वाम्म गर्ने गरेको पाइएको छ। सुचना अधिकारी सहनीले विभिन्न बाहानामा आफ्ना आसेपासेलाई इन्धन वितरण कार्यमा संग्लग्न रहेको पाइएको छ। कुपनमार्फत आफ्ना नातेदार र आसेपासेलाई सुचना अधिकारी सहनीले पेट्रोलमा हिनामिना गर्ने गरेका छन।

सरकारी कर्मचारी लोकतन्त्रको हत्या हुने काम गरेभने निलम्बित र कार्वाहीको भागिदार हुन्छ । के यी दुई कर्मचारी पौड्याल र सहनीलाई कार्वाही होला ? कसले गर्ला कार्वाही ? भन्ने एक स्थानीयको समुहले मांग गरेका छन। ती समुहका अनुसार यी दुईटै कर्मचारीलाई कार्वाहीको दयारामा नल्याएसम्म यसरी नै जनताको बाधक बन्ने बताएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑