मुख्य समाचार

दम रोगबाट पीडित मोहन वैद्य अस्पतालमा भर्ना

काठमाडौँ ३१ असोज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि आज उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

दम रोगबाट पीडित रहेका वैद्यको अहिले बिभिन्न परीक्षणहरु भइरहेको छ ।