Breaking News

गुण्डा परिचालन गरेर लहान नगरपालिका आठौं नगर सभा सम्पन्न;पत्रकार सिंहमाथि अभद्र व्यवहार

सिराहा १० असार।सिरहाको लहानमा नगरपालिकाको कार्यालयलमा नगरसभा हलमा आठौं नगर सभा सम्पन्न भए सँगै पत्रकार प्रदिप सिंहलाई नगरपालिका कर्मचारीहरुले अभद्र व्यवहार गरेको छ।

रिपोर्टिङमा हिडेका गोर्खा टेलिभिजनका पत्रकार सिंह माथि हातपातको प्रयास भएको छ। सभा हलको चौतर्फी सुरक्षाको घेराबन्दी भित्र नगर सभा पास गरिएको हो ।

विना सुचना जानकारी नगर सभा कतिको उचित रहेको छ ।
अधिवेशन हलमा पत्रकार जस्तोलाई प्रवेश गर्न नदिनु कतिको उचित छ ।
नगरपालिका प्रमुख मुनी साह आफ्ना मान्छे बाहेक कसैलाई प्रवेश गर्न दिएन ।

प्रमुख साहले गुण्डाको बलमा नगर सभा गरिएको छ।
अधिवेशन पास भए लगत्तै नगरपालिकाका सबै नगर प्रहरी , कर्मचारी , गुण्डा , मेस्तर समेतले अरु दलका नेता कार्यकर्तालाई लखेटिएका थिए। नगर सभा पुर्व बाँसको फाँटा , बेल्चा , लठ्ठी तयार पारेर सभा सञ्चालन गरेका थिए।

नगर सभा गोप्य रुपले गर्नु कहाँको नियम रहेको छ सम्बन्धि निकायले यसमा चासो लिनुको विषय हो ।

अधिवेशन पास भए लगत्तै दुवै पक्ष बिच गाली गलौज हुदाँ बाहिरबाट आएका नेता कार्यकर्ता भागाभाग भएका थिए।
उनीहरु भागे लगत्तै पत्रकार प्रदिपलाई , हिर्काउन गए लगत्तै मोबाइल झिक्नु , मोबाइलबाट सबै फोटो डिलीट गर्नु भनेका थिए।

नगर प्रहरी , कर्मचारी र गुण्डाले पत्रकार सिंहलाई चारैतिरको घेराबाट अभिमन्यु नाम दिइएका थिए।

घेराबाट हात झिकेर आफ्ना ज्यान बचाउन सफल भएका छन ।

पत्रकार सिंह माथि भएको दुर्ववहार प्रति नेपाल पत्रकार महासंघ सिराहा र( आँफु ) घोर भर्त्सना गर्दछु ।
यी गुण्डाहरुलाई तह लाउनु साथै कार्वाही गर्नुपर्न छ ।

हाम्रो लहान समृद्ध लहान ” कृषि, पर्यटन,पुर्वाधार,शिक्षा , स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगार ” नारा बोकेर हिनेका मेयर मुनी साहलाई कम्युनिस्टवादको संज्ञा दिइएका छन् ।

साहलाई कुर्सी छोड्न चौतर्फी विरोध भइरहेका छन।