खेलकुद

टि २० क्रिक्रेट प्रतियोगिता शुरु

शम्भु चौधरी लहान १४ माघ । सप्तरीको बलान बिहूल गाउँपालिका ४ मा टि २० क्रिकेट कप पतियोगिताको उद्घाटन माघ १३ गते भएकोे छ । उदघाटन खेलका प्रमुख अतिथि बलान बिहुल ४ वडा अध्यक्ष हंसु मिया,बिशिष्ट अतिथिमा बलान बिहूल गा.पा। काअध्यक्ष दयानन्द गोईत रहनु भएको थियो ।
अप्पन बेल्ही युवा क्लब द्वारा आयोजित कार्यक्रममा जम्मा १६ टीम भाग लिएको छ। सभामा क्लबका सचिब बिजय कुमार यादवले कार्यक्रमको अध्यक्ष,गरेका थिए ।
कार्यक्रममा खेमचन्द्र यादव,ई.नबीन झा,लुकमान मिया, मजीत मिया,ओली मिया,वडा सचिब रामबाबू यादव,रामलखन साह,बेल्ही प्रहरी चौकी इन्चार्ज आदर्श ठाकुर,बेल्ही शशस्त्र चौकी इन्चार्ज आशीष चौधरी लगायत अप्पन बेल्ही युवा क्लब का सम्पूर्ण पदाधिकारी उपस्थित थियो।

सिमा सरगम स्टेडियम बेल्ही भएको उदघाटन खेल भारत बिहारको लौकहा र सप्तरीको जाजर बिच हुने क्लबका कोषाध्यक्ष कुमरकान्त झा बताए ।