सचिता सिंह लहान १० पुस । सिरहाको धनगढीमाई नगरपालिका १ बाखर सनगोरामा संचालित प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ मा भदैया र पतारी बिच भएको खेलमा पतरीले खेल बिच मै छोडोको कारण भदैयालाई आयोजक कमिटिले विजय घोषण गरेको छ ।खेलको १७ औं मिनेटमा पतारीले भदैयालाइ १ गोले पछि पारेको र मध्यन्तर पछि ११ औं मिनेटमा पतारी तर्फको डि बक्समा पतारीको खेलाडीबाट बल हाने क्रममा बलमा नलागी डारेक्ट भदैयाको खेलाडीको खुटटमा लाग्न गएकोले डि बक्स भित्र फल भई पेलान्टि हुन गएकोमा पतरीका खेलाडीहरुले हो हल्ला गरी खेल मैदान भन्दा बाहिर निस्केका थिए । साथै एम्पायरलाई असभ्य भाषा पनि प्रयोग गरेको खेलका एम्पायर शम्भु चौधरीले बताए ।
हामी फुटबल खेलका सम्पुर्ण जिम्मेबारी एम्पायरलाई दिएकाछौ एम्पायर कै कुरा नमानी उल्टै एम्पायरलाई नै असभ्य भाषा प्रयोग गर्ने त्यस्ता टिमलाई हामी स्वतः नकआट गरीने छौ र यस्ता सुचना हामी निति नियममा पनि पठाएका थियौ बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।
हामी खास गरी बजार जमाउने उद्देश्यले खेलकुद गराईरहेको छौ सबै खेलको जिम्मा सबैलाई बाटिएको छ त्यसैले जसको जिम्मामा जे छ त्यसको फैसला यसैले गर्छ । अब फुटबलको जिम्मा एम्पायरको छ एम्पायरले जे गरेको छ त्यो निर्णय सर्व मान्य हुनेछ आयोजक कमिटिका अध्यक्ष सुर्य नारायण महतोले बताएका छन ।
भदैयाले पेलान्टि मार्फत १ गोल प्रप्त गरेको थियो । पतारी १ र भदैया १ गरी दुबै टिम एक एक को बराबरीमा भए पनि पतारी खेल मैदान छोडे पछि भदैयालाई विजय घोषण गरीएको आयोजक कमिटिले जानकारी दिएका छन ।