शम्भु चौधरी लहान, १० असार । सखुवा नन्कारकट्टी गाउँपालिका १ मा पालिका स्तरिय अन्तर विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता सोमवार सम्पन्न भएको छ ।
प्रायः खेल जगतमा किशोरहरु नै अगाडी हुने किशोरीहरु खेल जगतमा कम मात्रामा सहभागी हुनु साथै हाम्रो समाजमा समाजीक धारणा अनुसार किशोर र किशोरी एकै ठाउँमा भएर कुनै पनि खेल खेल्न नहुने बिचारलाई चिर्ने उदेश्य राखी यो खेल गराइएको समग्र जनउत्थान केन्द्रका समाजिक परिचालिका पुजा साहले बताईन । परिचालिका साहका अनुसार यस प्रतियोगितामा गाउँपालिका भरिका ४ ओटा मावि विद्यालय सहभागि हुने साथै प्रथम, द्वीतिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गर्ने बताइन् ।
प्रतियागिा समारोहका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष निलम यादव रहेकी थिईन । प्रमुख अतिथि यादवका अनुसार खेल एउटा एक आपसमा भाइचाराको नाता कायम गर्ने माध्यम मात्रै नभई सवास्थ्यका लागि पनि फइदाजनक हुने बताइन् ।
कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका १ का वडाअध्यक्ष सन्जय यादव, माविका प्र.अ. शिक्षकहरुको उपस्थित रहेको थियो ।
बालिका शिक्षा तथा शशक्तिकरण कार्यक्रम अन्तरगत सञ्चालित, समग्र जनउत्थान केन्द्र लहानको सहयोग, श्री जनता नमुना मावि सखुवानन्कारकट्टी १ मौवाही सिरहाको समन्वय र नमुना बाल क्लव सखुवानन्कारकट्टी १ सिरहाको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको हो ।
भलिवल प्रतियोगिता कार्यक्रम नमुना बाल क्लवकी अध्यक्ष मधु कुमारी यादवकी अध्यक्षतामा सम्पन्न भएको हो ।