• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण

नेपाल पोस्ट दैनिक
    May 22, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ जेठ । लहान नगरपालिका १३ घलेटोल मुसहर समुदायका अतिविपन्न २० घरपरिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्र धनगढीमाई न पा २ सिरहाको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

आर्थिक वर्ष २०८१।८२ को ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत लहान नगरपालिकाको रु ६९ लाख ४ हजार र ह्याविट्याट फर ह्युमानिटी नेपालको रु १६ लाख ६६ हजारको आर्थिक लगानीमा ती आवास निर्माण गरिएका हुन् । घर निर्माणमा भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग रहेको थियो भने लाभग्राही परिवारले आफैँ करीब एक लाख बराबरको श्रमदान गरेको भवानीका कर्मचारी ज्ञानदिप चौधरीले बताए।
नवनिर्मित प्रत्येक घरमा दुईवटा कोठा, एक भान्सा कोठा, बरण्डा र शौचालयको व्यवस्था गरिएको छ । भवानी एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक सुजित चौधरीका अनुसार यी घरहरू भूकम्प प्रतिरोधी हुनुका साथै यिनीहरूको न्यूनतम आयु ३० वर्षभन्दा बढी भएको बताए।
नयाँ घरको चाबी हस्तान्तरण गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको बताए। हरेक विपन्न र भूमिहीन नागरिकको एउटा सुरक्षित र भरपर्दो घर होस् भन्ने सपना हुन्छ । स्थानीय सरकारको हैसियतले हामीले उहाँहरूको त्यही सपनालाई क्रमशः साकार पार्दै लगेका छौँ । यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने बताए ।
यस अघि लहानका १५, १२, २१, २२ र १३ मा गरी दुई सयभन्दा बढी सुरक्षित घर निर्माण गरेर लक्षित परिवारलाई हस्तान्तरण गरिसकिएको छ । विगत लामो समयदेखि आवासको क्षेत्रमा काम गरिरहेको ह्याविट्याट फर ह्युमानिटी नेपालका कार्यक्रम संयोजक नासिन श्रवणले संस्थाले सिरहामा सुरक्षित आवासका लागि निरन्तर सहकार्य गरिरहेको बताए । चालु आर्थिक वर्षभित्र नगरको वडा नं १३ मा थप १० घर, वडा नम्बर १५ मा सात घर र वडा नं १८ मा आठ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना छ।
यसैबिच, वर्षौँदेखि फुसको कच्ची झुपडीमा कष्टकर जीवन बिताउँदै आएका घलेटोलका मुसहर परिवार आधुनिक र सुरक्षित पक्की घर पाएपछि हर्षित भएका छन्। नगरको यो काम सकारात्मक पहलका रूपमा रहेको स्थानीयले प्रतिक्रिया दिएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑